विद्युतीय समस्याका कारण निफ्राको सेयर मूल्य शून्यमा

काठमाडौं । नेप्से परिसूचक(टीएमएस) मा विद्युतीय समस्या आएका कारण सेयर कारोबारमा समस्या देखिएकाे छ । समस्याका कारण विभिन्न कम्पनीका सेयर ओरालो लागेकाे छ । जसकारण नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर शून्यमा झरेको छ । सेयर मूल्य १० प्रतिशत घटेपछि सर्किट लाग्ने व्यवस्था भएपनि आज नेप्सेमा प्राविधिक समस्या आउँदा मूल्य शूल्यमा झरेको जनाइएको छ । यसका लागि नेप्सेमा प्राविधिक टोली लागि परेका छन्। कारोबारको पहिलो दिनदेखिनै अस्वभाविक रुपमा बढेको निफ्राको सेयर मूल्य यतिबेला शून्यमा झरेको हो ।
ताजा अपडेट
-
नछुट्ने भए रवि, थुनामै राख्ने उच्चको आदेश सर्वोच्चद्वारा सदर
-
सुनुवाइ सकिएको साढे ५ घण्टासम्म किन आएन रविको आदेश ?
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
प्रतिक्रिया