मिलेर जान प्रचण्डको प्रस्तावमा देउवाले भने : पार्टीभित्र छलफल गरेर अघि बढौं

काठमाडौं । प्रतिनिधिसभा पुनस्थापनापछि कांग्रेस सभापति शेरबहादुर देउवासँग नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले भेट गरेका छन् । बुधबार दिउसो देउवालाई भेट्न उनीहरु बुढानिलकण्ठ पुगेका थिए । भेटमा प्रतिनिधिसभा पुनस्थापनापछिको विकसित राजनीतिक घटनाक्रमपछिको अवस्थाबारे छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । ‘विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न उहाँहरु आउनुभएको थियो’ भानुले नेपालवाचसँग भने, ‘आ–आफ्नो पार्टीमा छलफल गरेर फेरि छलफलमा जुट्ने भन्ने भएको छ ।’ अब बिहीबार कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसेर थप धारणा बनाउने तयारी कांग्रेसले गरेको छ । प्रचण्ड र नेपालले मिलेर अघि बढ्न गरेको प्रस्तावमा देउवाले आन्तरिक छलफल गरेर अघि बढ्नुपर्ने बताएका थिए । प्रचण्डले सार्वजनिक कार्यक्रममैं प्रतिनिधिसभा पुनस्थापना भए देउवालाई प्रधानमन्त्री बनाउने बताएका थिए ।
ताजा अपडेट
-
नछुट्ने भए रवि, थुनामै राख्ने उच्चको आदेश सर्वोच्चद्वारा सदर
-
सुनुवाइ सकिएको साढे ५ घण्टासम्म किन आएन रविको आदेश ?
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
प्रतिक्रिया