डोजरले फालेको माटाले पुरिएर मृत्यु

उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मत्यु भएको छ । सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी – १ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो । सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्नेक्रममा कुमाल पुरिनुभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । रासस
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया