राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टी केन्द्र्रीय कार्य व्यवस्था समितिको आजको बैठकले वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई दृष्टिगत गर्दै उक्त निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधानले जानकारी दिए । बैठकले स्थानीय तह परिषद् तथा केन्द्रीय निर्वाचन समिति निर्देशिका पारित गरेको छ । निर्देशिकामा जिल्ला निर्वाचन समितिको गठन फागनु २५ गतेभित्र गरिसक्ने तथा सक्रिय सदस्यता वितरण अभियानलाई चैत १५ सम्म म्याद थप गर्ने उल्लेख छ । वडादेखि जिल्ला तहसम्मका इकाई समितिको गठन यही चैत मसान्तसम्ममा गरिसक्ने पनि उल्लेख छ । समायोजन गर्न बाँकी केही जिल्लाको सात दिनभित्र समायोजन गर्न नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रवबहादुर प्रधान र भास्कर भद्रालाई जिम्मेवारी दिइएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया