अवैध सामानसहित दुई पक्राउ

काठमाडौं । अवैध काठसहित भीमदत्त नगरपालिका–७ हल्दुखालका दुईलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय मोहन जाग्री र १९ वर्षीय राजेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । चिरान गरिएको सालको काठ बोकेर हिँड्दै गरेका दुवैलाई सोधपुछ तथा जाँच गर्दा अवैध देखिएपछि पक्राउ गरी दुवैलाई काठसहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको उनले बताए । प्रहरीले आजै भीमदत्त नगरपालिका–६ नजिक भारतबाट भन्सार छलेर ल्याएको पाँच बोरा चिनी, प्लाष्टिक छ बोरा गरी रु ३० हजारको बेवारिसे सामान बरामद गरेको छ । पुर्नवास नगरपालिका–४ गाउँबाट पानी तान्ने मोटर तीन थान, सिलिङ पंखा दुई थान, होल्डर १० थान पार्केट फ्युज १० पाकेट, एम्सी दुई थान स्क्रु दुई थान र लेडिज चप्पल सानो ठूलो ५२ जोरको रु ३० हजार तीन सय मूल्य बराबरको समान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया