लिटल फ्लावर प्रिमियर लिग : न्यू एकेडेमी र हिमालयन ह्याइट हाउस विजयी

काठमाडौं । धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आजको खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएको छ । पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १०५ रनको फराकिलो अन्तरले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि अङ्कित बिएमले ३३, सन्दिप विष्टले ३१ र सुवास थापाले ३० रन बनाए । बलिङतर्फ दाङको रोजी बर्ड्सका आशिष सुवेदीले तीन, विजय विश्वकर्मा र यकुव मियाले दुई÷दुई विकेट लिए । १७१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको रोजी बर्ड्सले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउनसक्यो । उसका लागि खुम चौधरीले अविजित रहँदै २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । न्यू एकेडेमीका सन्दिप विष्टले तीन, सुरेश रावल र अनिल थापाले दुई÷दुई विकेट लिए । खेलको म्यान अफ द म्याच न्यू एकेडेमीका सन्दिप विष्ट भए । त्यसैगरी प्रतियोगिताअन्तर्गत आजै भएको दोस्रो खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको लिटल बुद्ध एकेडेमीलाई आठ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको लिटल बुद्धले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्रै बनाउन सक्यो । उसका लागि रोयल बम र राजेश ऐरले १५/१५ रन बनाए । हिमालयन ह्वाइट हाउसका लागि गजेन्द्र बोहराले पाँच र सन्दिप शाहीले तीन विकेट लिए । ७३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको हिमालयन ह्वाइट हाउसले ११ दशमलव तीन ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य भेट्टायो । उसका लागि दीपक बोहराले अविजित ५० र निश्चल थापाले १९ रनको योगदान दिए । बलिङतर्फ लिटल बुद्धका सागर भण्डारी र राजेश ऐरले एक/एक विकेट लिए । खेलका म्यान अफ द म्याच गजेन्द्र बोहरा भए ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया