ताप्लेजुङका आगलागी पीडितलाई सहयोग गर्ने भट्टराईको प्रतिबद्धता

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले आफ्नो गृहजिल्ला ताप्लेजुङको दोभान बजारमा भएको आगलागी पीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । दोभान बजारमा आज विहानै भएको आगलागीमा ४७ वटा घर जलेर नष्ट हुँदा ७१ परिवार विस्थापित भएका छन् । भट्टराईले विज्ञप्ती जारी गर्दै घटनाप्रति दुःख प्रकट गर्दै पीडितलाइ आफ्नो तर्फबाट सहयोग गर्ने जनाएका हुन् । जारी विज्ञप्तीमा भट्टराईले आवास विहिन भएका स्थनीयहरूलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालिन पुनस्थापनाका लागि भूकम्प पीडित सरह नै सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्ने जनाएका छन् ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया