NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

सरकारले माग्यो विज्ञापन बोर्डको अध्यक्ष, आवेदनका लागि यी योग्यता आवश्यक

सरकारले विज्ञापन बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरेको छ। विज्ञापन बोर्डको अध्यक्ष्रा सिफारिस समितिको सचिवालयले बिहीबार सार्वजनिक सूचना जारी गरी बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकाले आवेदन दिन भनेको हो। कस्ता योग्यता?१ नेपाली नागरिक२ आमसञ्चार, कानुन, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको र सो क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव३, उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको ।४ कुनै विदेशी राष्ट्रका आवासीय अनुमतिपत्र नलिएको । पेश गर्नुपर्ने कागजातनेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,व्यक्तिगत विवरणशैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, विदेशी शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधि भएमा समकक्षताको प्रमाणपत्र पेश गर्नुपर्नेछ।अनुभव खुल्ने प्रमाणको प्रतिलिपिनेपाली भाषमा तयार गरिएको बढीमा ५ हजार शब्दको व्यावसायिक कार्ययोजना,हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति आवेदन पेश गर्ने अन्तिम म्याद सूचना प्रकाशनको मितिले १५ दिन (अन्तिम दिन बिदा परे सोको भोलिपल्ट) कार्यालय समयभित्र आवेदन बुझाउने स्थान : सिफारिस समितिको सचिवालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखा, सिंहदरबार

ताजा अपडेट

नेपालवाच विशेष