NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

चोरीका २७ मोटरसाइकल दुई सातामै खोजतलास गरी सम्बन्धित धनिलाई वितरण [भिडियाे]

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल बरामद गरी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ। बिहीबार एक कार्यक्रमको आयोजना गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोज तलास गरी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको हो। उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, बुढानिलकण्ठ, किर्तिपुर, टोखा, नयाँबसपार्क लगायतका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएका प्रहरीले चोरी भएका मोटरसाइकलहरू बरामद गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार मात्रै करिब ८० लाख बढी मूल्य बराबरको विभिन्न कम्पनीका मोटरसाइकलहरू धनिलाई बुझाइएको छ। चोरी भएका मोटरसाइकल खोजी गरी सम्बन्धितलाई बुझाउनु ट्राफिक प्रहरीको कर्तव्य भएपनि सम्बन्धित धनीले चोरी हुनै नदिने उपाय पनि अपनाउनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईको भनाइ छ। सवारी धनीले जहाँत्यही पार्किङ तथा सवारी साधन नछोड्ने तर्फ ध्यान दिए चोरी कम उनले बताए। https://youtu.be/lXXnVW3bcDY

ताजा अपडेट

नेपालवाच विशेष