मेयरहरुले चलाए कर्णली विकासको छलफल

काठमाडौं । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा उपस्थित प्रदेशभरीका मेयरहरुलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कलौनीले कोषले कर्णालीलाई विशेष प्राथमिकता दिएर लगानी गर्न सुझाव दिएका छन् । उनले कर्णालीका स्थानीय तहमा श्रोत मात्रै भएर पनि विकास हुन नसक्ने भन्दै दक्ष जनशक्ति व्यवस्थापनमा पनि सहयोग आवश्यक रहेको बताए । जवाफमा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले कोषले आगामी ४ बर्षभित्र सबै नगरपालिकामा सहकार्य गर्ने रणनीति रहेको बताउँदै पछाडि रहेका नगरलाई विशेष प्राथमिकताका साथ अगाडि बढ्ने बचनबद्धता व्यक्त गरे । कार्यकारी निर्देशक सापकोटाले स्थानीय सरकारले पनि अब अनुदानको मात्रै भर नपरी ऋण र अनुदानको अनुपात मिलाउँदै आर्थिक तथा व्यवसायिक दृष्टिले उपयोगी आयोजनामा लगानी गर्न नीतिगत रुपमै स्पष्ट हुनुपर्ने बताए । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यञ्जुले ऋण लिएर पूर्वाधार निर्माण गर्न मेयरहरुलाई नहिच्किचाउन आग्रह गरे । उनलेले बाहिरी मुलुकका उदाहरण दिंदै नगरपालिकाले आँट गरेर आन्तरिक श्रोत वृद्धि गर्ने खालका आयोजनामा लगानी गर्दै नगरलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न प्रेरित गरे । सहभागी कर्णाली प्रदेशभरीका मेयरहरुले संरचना बनाउन जग्गा आश्वश्यक रहेको भन्दै जग्गाको अभावले अधिकांश संरचना बनाउन नसकिएको बताए । उनीहरुले एउटै आयोजनाको जग्गा प्राप्तिका लागि बर्षौंसम्म संघ सरकारमा धाउनुपर्ने बाध्यतालाई अन्त नगरी स्थानीय तहमा संरचना निर्माणमा बाधा आइरहने बताए ।
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया