काठमाडौं मेयर कप क्रिकेट : एपीएफ क्लब एक विकेटले विजयी

काठमाडौं । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको हो । टस जितेर एपिएफ क्लबले फिल्डिङ राजेपछि आर्मीले निर्धारित ५० ओभरको खेलमा सबै विकेटको क्षतिमा २३५ रन बनायो । दुई सय ३६ रनको विजय लक्ष्य एपिएफले अन्तिम ओभरको दुई बल बाँकी छँदै नौ विकेटको क्षतिमा पूरा गर्यो । दुई सय ३६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा एपिएफका लागि सुमित महर्जनले ६०, वसन्त रेग्मीले ४९, अमरसिंह रौटेलाले ३८, शंकर रानाले ३३, आशिफ शेखले १२ र भुवन कार्कीले १० रन बनाए । बलिङतर्फ त्रिभुवन आर्मी क्लबका विक्रम शोवले तीन, करन केसीले दुई तथा सोमपाल कामी, शाहब आलम र लोकेश बलमे एक–एक विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा आर्मीका लागि रोहितकुमार पौडेलले ५६, कप्तान विनोद भण्डारीले ४२, लोकेश बमले ३०, सोमपाल कामीले २८, भीम सार्कीले १८, राजेश पुलामीले १७, तथा कुशल मल्लले ११ रनको योगदान दिए । बलिङतर्फ एपीएफका अविनाश बोहराले तीन, अमरसिंह रौटेला र भुवन कार्कीले दुई–दुई तथा कमलसिंह ऐरी र वसन्त रेग्मीले एक–एक विकेट लिए । खेलको प्लेयर अफ दी म्याच एपिएफ क्लबका वसन्त रेग्मी घोषित भए ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसमक्ष सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस
-
प्रतिपक्षीले संसद् अवरुद्ध गरेपछि दलहरूसँगको छलफलमा जुटे सभामुख
-
स्वास्थ्य मन्त्रालयले थाल्यो मनसुनजन्य विपद् नियन्त्रणको तयारी
-
गृहमन्त्रीले अब जवाफ होइन, राजीनामा दिएर बयान दिनुपर्छ : माओवादी
-
बङ्गलादेशमा मृत्युदण्ड पाएका नेता सर्वोच्च अदालतबाट निर्दोष घोषित
प्रतिक्रिया