NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

संसदले मानेन प्रचण्डलाई संसदीय दलको नेता

काठमाडौँ । व्यवस्थापिका संसदले नेकपाका अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेताको रुपमा दर्ता गर्न अस्वीकार गरेको छ । प्रचण्ड–नेपाल समूहले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । आफु पक्षिय सांसदको हस्ताक्षर र पार्टी केन्द्रीय कमिटीको बहुमतको निर्णय बोकेर प्रचण्ड–नेपाल समूह प्रचण्डको नाम संसदीय दलको नेताको रुपमा दर्ता गर्न गएका थिए । तर संसदको महासचिव भरत गौतमले प्रक्रिया नपुगेको भन्दै प्रचण्डको नाम नेकपा संसदीय दलको नेताको रुपमा दर्ता गर्न अस्वीकार गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष