प्रचण्ड संसदीय दलको नेता भएको ब्यहोराको पत्र संसद सचिवालयमा दर्ता

काठमाडौं । नेकपाको संसदीय दलको नेता प्रचण्ड चयन भएको र प्रमुख सचेतकमा देव गुरुङलाई निरन्तरता दिएको पत्र संसद सचिवालयमा दर्ता भएको छ । यस अघि व्यवस्थापिका संसद सचिवालयले प्रचण्ड दलको नेता चयन भएको पत्र दर्ता गर्न अस्वीकार गरेको थियो । नेकपाको विवादपछि प्रचण्ड–माधव नेपाल समूहले प्रचण्डलाई संसदीय दलको नेताको मान्यता गराइपाउ भनेर पत्र दर्ता गर्न सचिवालय पुगेकाे थियाे । आफूपक्षीय ११२ सांसदको हस्ताक्षर र पार्टी केन्द्रीय कमिटीको बहुमतको निर्णय बोकेर संसदमा पुगेको प्रचण्ड–नेपाल समूहकाे पत्र दर्ता भएको हो । पत्रको दर्ता नम्बर ६९ रहेको छ । यस अघि संसद सचिवालयका महासचिव भरत गौतमले प्रक्रिया नपुगेको भन्दै प्रचण्डको नाम नेकपा संसदीय दलको नेताको रुपमा स्वीकार गरिपाउँ भनेर अाएकाे पत्र दर्ता गर्न अस्वीकार गरेका थिए । तर, केहीबेर कानुनी परामर्श गरेपछि उनले प्रचण्ड समूहको पत्र दर्ता गराएका हुन् । २१ फागुनमा प्रचण्ड–नेपाल समूहले प्रचण्डलाई दलको नेता चयन गरेको थियो । तर, अहिलेसम्म नेकपामा आधिकारिक रुपमा केपी ओली नै संसदीय दलको नेता छन् । प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका दुई समूह आधिकारिक रुपमा नफुटे पनि दुई पार्टीको समानान्तर अभ्यास गर्दै आएका छन् । प्रचण्डलाई संसदीय दलको नेता भएको पत्र संसद सचिवालयमा दर्ता
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया