महेश बस्नेत भन्छन्– एमालेको सांसदको हैसियतले सदनमा उपस्थित

काठमाडौं । नेकपा (ओली समूह)को नेता तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेको सांसदको हैसियतले प्रतिनिधिसभा सदनमा उपस्थित भएको बताएका छन् । सर्वोच्च अदालतले नेकपा नामको विवादमा फैसला सुनाएकै दिन पुर्नस्थापनापछि पहिलो पटक बस्न लागेको प्रतिनिधिसभाको बैठकमा उपस्थित भएको तस्बिर सामाजिक सञ्जालमा राख्दै बस्नेतले यसो भनेका हुन् । उनले भनेका छन्, ‘नेकपा (एमाले)को सांसदको हैसियतले सदनमा उपस्थित भइएको छ।’ नेकपा( एमाले)को सांसदको हैसियतले सदनमा उपस्थित भइएको छ।Posted by Mahesh Basnet on Sunday, March 7, 2021 पार्टीको नामको विवादमा सर्वोच्च अदालतले आज नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेकपाको आधिकारिकता कट्टेललाई प्रदान गरेको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया