NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

पहिलो बैठकमा ओली र प्रचण्डका सांसदबीच आरोप प्रत्यारोप, प्रचण्ड समूहको बहिष्कार

काठमाडौं । पुनस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा नै नेकपाका दुई समूहका सांसदहरुबीच आरोपप्रत्यारोप चलेको छ । सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभा पुनसथापना हुनु ऐतिहासिक भन्दै बैठककाे सुरुवात गरेका थिए । लगत्तै प्रचण्ड समूहका सांसद भीम रावलले जनताको धेरै ठूलो मूल्यबाट बनेको संविधान मास्न खोस्दै ५ पुसमा संविधानमाथि प्रधानमन्त्रीबाट प्रहार गरेको बताए । अदालतको फैसलापछि संविधानमाथि आघात हटेको उनले बताए । शासन गर्ने वैधता गुमाएपछि सरकारको तर्फबाट अध्यादेश ल्याउने गरी कार्यसूची राखेकोभन्दै उनले आपत्ति जनाए । विभिन्न अध्यादेशको कार्यसूची रहेको भन्दै प्रचण्ड पक्षका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् । उनले बोल्दै गर्दा ओली पक्षका सांसदहरुले नियमापत्ति जनाउँदै अध्यादेशका नियमित कार्यसूची अघि बढ्नुपर्ने बताएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष