NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

सर्वोच्चको फैसलापछि तनावमा प्रचण्ड पक्ष, सोमबार स्थायी समिति बैठक बस्ने

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता टुंग्याउँदै पूर्व एमाले र माओवादी ब्युँत्याइदिएपछि प्रचण्ड पक्ष छलफलमा जुटेको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रचण्ड पक्षले आइतबार कानुन व्यवसायीसँग छलफल गर्यो । आइतबार साँझ नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सर्वोच्चको फैसलाको सम्बन्धमा कानुन व्यवसायीहरुसँग छलफल गरेका हुन् । छलफलका क्रममा सर्वोच्चको फैसला अनपेक्षित र राजननीतिक प्रकृतिको भएको सुझाव आएको नेकपाका अध्यक्ष प्रचण्डले जानकारी दिए । कानुन व्यवसायीको धारणा सुनेपछि सोमबार स्थायी कमिटीको बैठक राखि पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्ने उनले बताए । ‘आजको सर्वोच्चको फैसला बारे कानुन व्यवसायी र विज्ञ साथीहरु सँग छलफल ग¥यौँ । यो आजको फैसला अनपेक्षित जस्तो र बढी राजनीतिक प्रकृतिको फैसला लागेको छ भन्ने सुझावहरु आएको छ’ प्रचण्डले भने, ‘थुप्रै कोणहरुबाट कानुन व्यवसायीहरुले राख्नुभएको छ आफ्नो धारणा । त्यसको आधारमा भोली पार्टीको स्थायी समितिको बैठक बसेर आवश्यक निर्णय गर्छौ । यो अपेक्षित थिएन यस्तो फैसला, अनपेक्षित नै हो यो । बढी राजनीतिक प्रकृतिको छ । तर समग्र फैसलाको अध्ययन गरेर, सबै साथीहरु सल्लाह गरेर मात्रै विस्तार पूर्वक आफ्नो धारणा भोलि सार्वजनिक गर्छौ ।’

ताजा अपडेट

नेपालवाच विशेष