ओलीको पक्षमा ११५ सांसद, एक दुई दिनमा १३० पुर्याउने दाबी

काठमाडौं । प्रधानमन्त्री केपी ओली पक्षले आफ्नो पक्षमा ११५ सांसद उपस्थित भएको दाबी गरेको छ । सर्वोच्च अदालतको फैसला र प्रतिनिधिसभाको पहिलो बैठकपछि बसेको नेकपा ओली पक्षको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूहरुको पक्षमा उत्साहजनक रुपमा सांसदहरु रहेको दाबी गरेका हुन् । ‘प्रमले सम्बोधन गर्ने क्रममा ११५ हुँदै सांसदको संख्या १३० हुँदै जान्छ यसमा ढुक्क भएर अगाडि बढ्न निर्देशन दिनुभएको छ । देश र जनताका पक्षमा छौं ढुक्क भएर अगाडि बढौं भन्नुभएको छ’ राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले भने, ‘दलमा असाध्यै उत्साह देखिएको छ । ११५ मा ९१ प्रतिनिधिसभाका र २४ जना राष्ट्रिय सभाका सांसद हुनुहुन्छ । हामी टाउको गनेरै सांसदको संख्या देखाउँछौं ।’ आफूहरुको पक्षमा उल्लेख्य सांसद रहेको भन्दै उनले अविश्वासको प्रस्ताव कसैले ल्याउनै नसक्ने र यसबारे कुनै जानकारी नै नभएको बताए । आफूहरुका पक्षमा उल्लेख्य सांसद रहेको भन्दै ओलीले आवश्यक पर्दा विश्वासको मत लिन सकिनेसमेत बैठकमा बताएका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया