प्रियंकाको ‘हट लुक’को चर्चा

काठमाडौं । नायिका प्रियंका कार्की अभिनित चलचित्र ‘लक्का जवान’ रिलिजको क्रममा छ । यो चलचित्र बाहेक उनलाई लकडाउनपछि कुनै पनि चलचित्रको अफर गएको छैन । तर, प्रियंका मिडियाको टाइमलाइटमा भने सधै अपडेटेड रहन्छिन् । उनै, नायिका आफ्नो जन्मदिन र बिहेको पहिलो उत्सव मनाउन माल्दिभ्स गएकी थिइन् । माल्दिभ्समा पुगेकी नायिका कार्की फेरि चर्चामा छिन् । यसपटक पनि उनको चर्चा आकर्षक पर्यटकीय स्थानमा रमाइलो मुडअनुसारको पहिरनकै कारणले भएको हो । नायिकाले सार्वजनिक गरेका विभिन्न तस्वीरमा उनी रमाइलो मुडमा प्रस्तुत भएकी छिन् । प्रियंका बसेको माल्दिभ्सको होटलले सार्वजनिक गरेको तस्वीरमा उनी हट अवतारमा देखिएकी छिन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया