ओली पक्षका सांसद प्रचण्ड समूहमा प्रवेश

काठमाडौं । प्रधानमन्त्री केपी ओली पक्षका एक सांसद प्रचण्ड–माधव नेपाल समूहमा प्रवेश गरेका छन् । ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड समूहबाट ओली समूहमा लागेका सुदुरपश्चिम प्रदेशसभाका सांसद महेशदत्त जोशी पुनः प्रचण्ड समूहमा फर्किएका हुन् । प्रचण्ड निवासमा आयोजित कार्यक्रममा जोशीले पुनः क्याम्प फेरेका हुन् । प्रदेशसभा माअाेवादीका तर्फबाट कञ्चनपुरबाट निर्वाचित भएका हुन् । प्रतिनिधिसभा विघटनपछि पुनस्थापना भए पनि केन्द्रीय सदस्य, सांसद, प्रदेश सांसदहरुले गुट बदल्दै आएका छन् । पार्टी केन्द्रबाटै केन्द्रीय सदस्य, सांसद र प्रदेशसभा सदस्यहरुलाई आफूतिर तान्ने होडबाजी चल्दै आएको छ । माओवादी पृष्ठभूमिका लेखराज भट्ट ओली समूहमा प्रवेश गरेसँगै जोशी पनि उतै लागेका थिए । तर, उनी पुनः आफू पहिले क्रियाशील रहेकै समूहमा फर्किएका हुन् । यो पनि पढ्नुस् ओलीका केन्द्रीय सदस्य प्रचण्ड समूहमा प्रवेश
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया