नेपालभन्दा १३ वर्षपछि मात्रै अमेरिकामा महिलाहरुलाई मतदानको अधिकार : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाको अवस्था परापूर्वकालदेखि नै ‘अड्भान्स’ अर्थात स्तरीय भएको बताएका छन् । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले विकसित मुलुक अमेरिकामा भन्दा पनि पहिला नेपाली महिलाहरूले आफ्नो मताधिकार प्राप्त गरेको बताए । ‘वि सं २००७ सालमा राणा शासनको अन्त्य भयो । ००८ सालमा चुनाव हुँदा महिलाहरुले भोट हाल्न पाउँदैनन् भनेर कसैले पनि भनेनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘महिलाको मतदान हुन्छ कि हुँदैन भन्नेमा बहस पनि गर्नुपरेन । यो सन् १९५२ को कुरा हो । जब कि धेरैवटा विकसित देशका महिलाहरु पछिसम्म पनि त्यहाँका मताधकारका लागि लडिरहेका थिए ।’ नेपाल भन्दा १३ वर्षपछि मात्रै अमेरिकामा महिलाहरुले मतदान गर्न पाएको हुँदा तुलनात्मक रुपमा नेपाली महिलाको अवस्था पहिलाबाट नै राम्रो भएको उनको निष्कर्ष थियो । तर पछि नेपाली महिलाका संघर्ष र त्यागको कदर नभएको उनले उल्लेख गरे । योगमायाजस्ता पात्रको बलिदानीबारे कतै पनि नलेखिएकै कारण नेपाली महिलाका संघर्षका कथा नसुनिएको र नपढिएको उनको भनाई थियो । ‘न्यायका लागि योगमायाले गरेका योगदान, उनले प्रस्तुत गरेका विचारहरु लेखिएनन् । त्यो भन्दाअघि कति आमा हजरआमाहरुले यस्ता आवाज उठाए देखिएनन्,’ओलीले भने, ‘हाम्रोमा त भएको पनि बिर्सिदै जाने स्थिती बन्यो । विदेशीका मात्रै पढियो देखियो ।’ सति प्रथाको विरुद्धमा योगमायासहित उनका ६७ जना अनुयायीहरुले अरुण नदीमा देश त्याग गरेका थिए । यद्यपी पछिल्ला वर्षमा नेपाली महिलाहरूको अवसथामा एतिहासिक परिवर्तन आएको उनको भनाई छ । हाम्रो समाज पहिल्ैदेखि ‘अड्भान्स’ भएको उदाहरण प्रस्तुत गर्दै ओलीले भने, ‘पहिला आमाको नामबाट छोराछोरीले आफ्नो नाम लेख्थे । ऋषिहरुले आफ्नो नामअघि आमाको नाम लेख्थे । पछि आमाको नाम नै उल्लेख नहुनेगरि परिवर्तन भयो ।’ नेपालले आफ्नो पुरानै सभ्यतालाई अघि बढाउन नसक्दा नै आज यो अवस्था आएको उनले बताए । ‘आफ्नो पुरानो सभ्यतालाई अघि बढाउन सकेको भए दुनियाँ कहाँबाट कहाँ पुग्थ्यो,’ ओलीले भने, ‘अहिलेको अवसरलाई अत्यन्यै सदुपयोग गर्नुपर्छ ।’
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया