ओलीसँग मिल्न प्रचण्डलाई माधव नेपाल समूहको सुझाव

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको स्थायी समिति बैठकमा नेताहरुले केपी ओली र प्रचण्डले एकताको लागि संवाद अघि बढाउन सुझाव दिएका छन् । माधव नेपाल पक्षका नेता रघुजी पन्तले संविधानको रक्षा र लोकतन्त्रको सृदृढीकरणका लागि नेकपाको एकतालाई अघि बढाउन प्रचण्ड र ओलीले फेरि संवाद गर्नुपर्ने सुझाव आफूहरुले दिएको जानकारी दिए । ‘नेपालको संविधान र लोकतन्त्रको सृदृढीकरणका लागि एकता महत्वपूर्ण छ । एकतालई जोगाउन सकिन्छ भने अझै लाग्नुपर्छ भन्ने सुझाव दिएका छौं’ स्थायी समिति बैठकबाट बाहिरिंदै पन्तले भने, ‘प्रचण्ड र केपी ओलीले फेरि पनि कुरा गरेर एकता अघि बढाउने सम्भावना छ भने खोज्नुपर्छ । तर, अदालतको फैसलालाई सम्मान गर्नुपर्छ भन्ने छौं तर, बढी राजनीतिक भयो भन्ने छ ।’ पूर्व एमालेमा माधव नेपाल पक्षकै नेता घनश्याम भुसाल पनि बैठकबाट बाहिरिएका छन् । उनले संचारकर्मीलाई कुनै प्रतिक्रिया दिन मानेनन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया