NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

चेपाङ बालबालिकाले उद्घाटन गरे ‘प्रेसिडेन्ट तास’

काठमाडौं । खाने परिकार तासको राजधानीका रूपमा परिचित चितवनमा तासकै विभिन्न परिकार लक्षित ‘प्रेसिडेन्ट तास बजार’ सञ्चालनमा आएको छ । नारायणगढमा सञ्चालनमा ल्याइएको तास बजारको विकट पहाडी गाउँमा बसोबास गर्ने चेपाङ बालबालिकाले आज उद्घाटन गरेका छन् । खानाका स्वादका पारखीलाई लक्षित गर्दै ‘स्वच्छ वातावरण, सरल ठेगाना, स्तरीय सेवा, स्वादिष्ट खाना’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै प्रेसिडेन्ट समूहले एघारौँ होटलका रूपमा तास बजार सञ्चालनमा ल्याएको हो । विपन्न चेपाङ समुदायका बालबालिकालाई सामूहिक दिवाभोजसहित होटलको उद्घाटन गरिएको हो । गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित कक्षा १० मा पढ्ने सिमरन चेपाङ, कक्षा ८ मा पढ्ने हेमकुमार चेपाङ, होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके एवं ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शंकर भण्डारीले संयुक्तरूपमा प्रेसिडेन्ट तास बजारको उद्घाटन गरेका हुन् । सो अवसरमा सिमरन चेपाङले यसअघि आफूहरु रेष्टुरेण्ट गएर कहिल्यै त्यहाँका खानाको स्वाद चाख्न नपाएको भन्दै यहाँ आएर खान पाउँदा खुशी व्यक्त गरे । चेपाङ बालबालिकाले किताबमा पढेका कुरा रेष्टुरण्टमै आएर व्यावहारिक रूपमा खानासँगै हेर्न र सिक्ने अवसर प्रेसिडेन्ट ग्रुपले दिएकामा खुशी व्यक्त गरेका थिए । यहाँ शाकाहारीका लागि लक्षित गर्दै बेबीकर्न तास, मकैको तास, आलुको तास, मिक्स भेज तास, पनिर तासलगायत परिकार पाइने छ । त्यसैगरी मटन तास, ह्याकुला तास, कलेजो तास, राजखानी तास, चिकेन तास, चिकेन पाङ्ग्रा तास, चिकेन पखेटा तास, अण्डा तास, ममः तास, माछा तास यहाँको थप आकर्षक परिकार भएको प्रबन्ध निर्देशक भण्डारीले बताए । करिब रु एक करोड ५० लाखको लगानीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको हो । सो अवसरमा होटल व्यवसायी महासंघका उपाध्यक्ष इमान्दु बराल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योति कँडेल, गामबेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मालगायत बोलेका थिए । प्रेसिडेन्ट तास बजारको उद्घाटनका अवसरमा गामवेशीका चेपाङ संरक्षण केन्द्रमा आश्रित करिब २०० जना बालबालिकालाई तीन महिनाका लागि रु एक लाख बराबरको शैक्षिक सामग्री वितरण गरिएको ग्रुपका कार्यकारी निर्देशक कृष्ण भण्डारीले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष