फेरियो वर्षा शिवाकोटीको फिल्म ‘कालिपुरुष’को नाम

काठमाडौं । फिल्म ‘कालिपुरुष’को नाम परिवर्तन भएको छ । छायांकनमा जाने तयारीमा रहेको फिल्मको नाम ‘कालिपुरुष’बाट परिवर्तन गरेर ‘ए साथी सुन’ राखिएको निर्माण युनिटले जनाएको छ । राम राघव आचार्यको निर्देशन रहने फिल्ममा केही अगाडि अभिनेत्री बर्षा सिवाकोटी अनुबन्धित भएकी थिइन् । फिल्ममा वर्षाको अलवा रमेश बानियाँको समेत मुख्य भूमिका रहनेछ । सस्पेन्स थ्रीलर विषयमा निर्माण हुन लागेको फिल्म विना कार्कीको लगानीमा बन्न लागेको हो । फिल्मको छायाँकन धरानमा हुने बताइएको छ । उनी व्यवासायको सिलसिलामा त्यहाँ पुगेकी हुन् । पछिल्लो समय कस्मेटिक व्यवसाय सुरु गरेकी वर्षाले केही अगाडि फिल्म ‘सुदूर’ समेत छाडेकी थिइन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया