एमाले संसदीय दलको बैठकमा योगेश भट्टराईले भने– प्रधानमन्त्रीले छाती चौडा बनाउनुपर्छ
काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेमा सबैलाई समेट्न सक्नुपर्ने धारणा राखेका छन् । एमाले संसदीय दलको बैठकमा बोल्दै भट्टराईले प्रधानमन्त्रीको काँधमा देशको ठूलो अभिभारा रहेको बताउादै पार्टीलाई बलियो बनाएर ती जिम्मेवारी पुरा गर्नुपर्ने बताए । आफूहरु पार्टी र संसदीय दलको निर्णय मान्ने तर एकलौटी ढंगले बैठक आयोजना गर्न नहुने र त्यस्ता बैठकको निर्णय आधिकारिक नहुने बताएका छन् । ‘संसदीय दल, पार्टीको बैठक हामी पनि मान्छौं तर कुरा राख्ने मौका त दिनुपर्यो नि,’ भट्टराईले भने, ‘‘प्रधानमन्त्रीले चौडा छाती बनाएर पार्टीलाई एकतावद्ध बनाएर लैजानु पर्दछ ।’
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया