अब घरबाटै जग्गाको नक्सा प्रिन्ट
काठमाडौं । जग्गाको नक्सा प्रिन्ट र कर तिर्नका लागि अब कार्यालय धाउनु नपर्ने भएको छ । नापी विभागले बिहीबारदेखि नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम (नेलिस) र मेरो कित्ता अनलाइन प्रणाली सुरु गरेको छ । यो प्रणाली सुरु भएसँगै कर तिर्नकै लागि कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट सेवाग्राही मुक्त हुने भएका छन् । अब जग्गाको कर अनलाइन प्रणाली कनेक्ट आईपीएसबाट तिर्न सकिने भएको छ । अन्य कार्यालयमा पनि यो सेवा चाँडै विस्तार गर्ने मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बताइन् । कनेक्ट आईपीएसबाट नै राजस्व तिर्न सकिने भएपछि यसको लागि कार्यालयसम्म पुग्न नपर्ने भएको छ । अब मालपोत र नापी कार्यालयमा सेवाग्राहीको भिड पनि कम हुने अपेक्षा रहेको छ । यो सेवा पहिलो चरणमा नापी तथा मालपोत कार्यालय कलंकी, डिल्लीबजार र भक्तपुरबाट सुरु भएको छ । कार्यक्रममा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले थानकोटकी दमन्ता ढुंगानालाई अनलाइनबाट प्रिन्ट गरेको नक्सा हस्तान्तरण गरेका छन् ।
ताजा अपडेट
-
सिरोहियालाई पक्राउ गर्न एसएसपी आफैं पुगे कान्तिपुरको केन्द्रिय कार्यालय
-
सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिदै
-
प्रचण्डको सम्पत्तिमा प्रश्नै प्रश्न : सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार निवारण ऐन आकर्षित हुन सक्ने
-
रवि लामिछानेको सम्पत्ति सार्वजनिक, अधिकांश श्रीमतीको नाममा
-
कति छ प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति ?
प्रतिक्रिया