नेता नेपालसहित २७ सांसदलाई एमालेको २ दिने स्पष्टीकरण
काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपालसहित उनको समूहका २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोध्न लागिएको हो । दुई दिनभित्र स्पष्टीकरण बुझाउनेगरी उनीहरुलाई मंगलबारै त्यससम्बन्धी पत्र पठाइने बताइएको छ । यसअघि सोमबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्न लगाउने/गर्ने नेता नेपालसहित संघीय र प्रदेश सभा सदस्य गरी ८ सांसदलाई अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यसअघि नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरिएको छ ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया