२०६ रन बनाउँदा पनि टरेन नेपालको हार, नेदरल्याण्ड्स ३ विकेटले विजयी
काठमाडौं । हाइस्कोरिङ म्याचमा नेपालनेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको छ । त्रिदेशीय क्रिकेटमा ब्याटिङमा सुधारिएको प्रदर्शन गर्दै २०७ रनको लक्ष्य दिए पनि नेपाल नेदरल्याण्ड्सँग ३ विकेटले पराजित भएको हो । नेपालको दिएको लक्ष्य नेदरल्याण्ड्सले तीन बल बाँकी हुँदै ७ विकेट गुमाएर पूरा गर्यो । पहिलो खेलमा नेपालसँग नेदरल्याण्ड्स ९ विकेटले पराजित भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २०६ रन बनाएको थियो । ओपनर आशिफ शेख शून्य रनमा आउट भएका थिए । अघिल्लो दुई खेलमा कीर्तिमानी अर्धशतक बनाएका कुशल भुर्तेलले मंगलबार पनि अर्धशतक बनाए । उनले ४६ बलमा ६२ रन बनाए । ज्ञानेन्द्र मल्लले २० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३० बलमा ६० रन बनाए । टी–२० ऐरीको यो पहिलो अर्धशतक हो । कुशल मल्लले ७ बलमा १८ रन बनाए । करन केसी एक रन बनाएर आउट भए । विनोद भण्डारी ७ र सोमपाल कामी २१ रनमा अविजित रहे । नेदरल्याण्ड्सका लागि बेन कुपरले ३५ बलमा ५५ रन जोडे । बास डे लिडेले ४२ बलमा ८१ रन जोड्दा नेपाल हारतर्फ धकेलियो । नेपालको लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए पनि उनी महंगो सावित भए । उनले ४८ रन दिए । खेल नेपालको पक्षमा ढल्किंदै गर्दा १८ औं ओभरमा सन्दीपले लगातार तीनवटा छक्का खान पुगे ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया