भीमफेदी–कुलेखानी–सिस्नेरी सडक जेठ २५ सम्म बन्द
मकवानपुर । भीमफेदी, कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकमा आज बिहानैदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत काठमाडौंको छैमलेबाट मकवानपुरको हेबीसम्म निर्माणाधीन सडकमा कालोपत्र गर्नुपरेका कारण यो सडकमा आजदेखि आगामी जेठ २५ सम्म सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेव भण्डारीले जानकारी दिए । सडक बन्द गराइएपछि हाल त्रिभुवन राजपथमार्फत हलुका यातायातका साधन काठमाडौंतर्फ गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले कान्ति राजपथ हुँदै काठमाडौंतर्फ जाने रुटमा निजी कार, जिप र मोटरसाइकललाई मात्र अनुमति दिइएको र आज बिहानैदेखि यो सडकमा यसअघिकै जस्तो यातायात सञ्चालनमा आएको बताए । यही अवधिमा भीमफेदी–कुलेखानी सडकको फाखेलमा ढल निर्माण र कालोपत्रसमेत गरिनेछ । वाग्मती प्रदेश, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीबाट चिसापानीगढी र हेबीसम्मको सडक विस्तार र कालोपत्र गर्न दुई चरणमा गरी ३४ करोड रुपैयाँ विनियोजन गरेको मन्त्रालयका प्रशासकीय अधिकृत हरिप्रसाद उप्रेतीले बताए । (रासस)
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया