बागमती प्रदेशमा ६ सय ५१ प्रहरी पुरस्कृत
काठमाडौं । बागमती प्रदेशमा कारबाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको संख्यामा वृद्धि भएको छ । विगतका समयमा प्रहरीले सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेपछि कारवाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने सङ्ख्यामा वृद्धि भएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार चालू आर्थिक वर्षको हालसम्ममा पुरस्कृत हुनेमा ६ सय ५१ तथा कारवाही हुनेमा २ सय ३ प्रहरी अधिकृत तथा जवान रहेका छन् । कार्यालयले प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसहिंता कार्यादेश–२०७७ लाई कार्यान्वयनमा ल्याई कारवाही तथा पुरस्कृत गर्दै आएको छ । यसैगरी आर्थिक प्रलोभन देखाई प्रहरीलाई घुस दिन खोज्ने एक हजार ८ सय ७० सवारीलाई कारवाहीको दायरामा ल्याएर १९ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने तीन लाख ४५ हजार रुपैयाँ घुस रकम फिर्ता गरेको छ । त्यस्तै प्रदेश प्रहरी कार्यालय मातहतका ४८ प्रहरी एकाइको भवन निमार्ण गरिएको छ भने २१ एकाइका भवन निर्माणाधिन अवस्थामा रहेको कार्यालयले जनाएको छ । यसैगरी, अघिल्लो वर्षको तुलनामा गत वर्ष बन्द, हडताल, चक्का जामजस्ता घटनामा कमि आएको छ । गतवर्ष विभिन्न जिल्लामा नेपाल बन्दका दुई, आमहडतालका एक, चक्काजामका २४, धर्नाका ११, तालाबन्दीका २७, विरोध ¥यालीका ३१०, मशाल जुलुसका २८, आमसभा तथा कोणसभा ४७ वटा घटना भएको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया