२४ घण्टामा २६१८ संक्रमित थपिए, १४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ६ सय १८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ६ सय ६८ नमुनाको पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा दुई हजार ६ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । आज थपिएका संक्रमितमध्ये एक हजार चारसय संक्रमित ३९ वर्षसम्म उमेर समूहका युवा र बालबालिका हुन् । यसमा पनि एक हजार एकसय ६० जना २० देखि ३९ वर्ष उमेर समूहका छन् । सोही अवधिमा कोरोनाबाट मुक्त हुनेको संख्या ३३८ जना मात्रै रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया