निषेधाज्ञा गर्न सीसीएमसीले पेश गरेको सिफारिस सरकारद्वारा सदर
काठमाडौं । कोभिड संकट व्यवस्थापन कार्यदल (सीसीएमसी)ले मुलुकमा निषेधाज्ञा गर्नेबारे सरकारलाई निर्णयार्थ पेश गरेको सिफारिस मन्त्रिपरिषद् बैठकले सदर गरेको छ । सीसीएमसीले आइतबार पेश गरेको सिफरिसमाथि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक परिमार्जनसहित विभिन्न निर्णय गरेको हो । आन्तरिक उडानलाई रोक्न सीसीएमसीले सरकारसमक्ष सिफरिस गरेको थियो । तर मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ । वैशाख १५ गतेदेखि आन्तरिक उडान रोक्न सीसीएमसीले सरकारसमक्ष सिफारिस गरे पनि आजको बैठकले उक्त सिफरिसलाई परिमार्जन गरेर आन्तरिक उडान यथावत राखेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए । यस्तै सरकारी र निजी सबै शिक्षण संस्थाबाट सञ्चालित र प्रक्रियामा रहेका सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । यस्तै ग्रामीण क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले सदर गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठक कोरोना रोकथामका विषयमा केन्द्रित रहेको ज्ञवालीले बताए ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया