वागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार, तीन मन्त्रीसहित एक राज्यमन्त्री थपिए
काठमाडौं । वागमती प्रदेश सरकारले मन्त्रिमण्डल विस्तार गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो मन्त्रिमण्डलमा नयाँ मन्त्री थपेका हुन् । बुधबार मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका छन् । थपिएका मन्त्रीको सपथ बुधबार दिउँसो चार बजेका लागि तोकिएको छ । तत्कालीन नेकपाका सांसदहरूले गत पुस १० गते अविश्वास प्रस्ताव दर्ता गरेसँगै तीन मन्त्रीले राजीनामा दिएका थिए । तत्कालीन पूर्वमाओवादी र पूर्वएमालेका माधव नेपाल पक्षधर एक ठाउँमा हुँदा मुख्यमन्त्री पौडेल संसदीय दलमा अल्पमतमा परेका थिए । फागुन २३ गते सर्वोच्च अदालतले एमाले–माओवादीलाई अलग गराएपछि पौडेल बहुमतमा छन् । वागमती प्रदेशमा नेकपा एमालेको एकल बहुमत छ ।
ताजा अपडेट
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
प्रतिक्रिया