नाकामा एन्टिजेन किटको अभाव, भारतबाट भित्रिएका सोझै गाउँमा
भारतमा देखिएको कोरोना कहरका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने नेपालीहरूको संख्या बढिरहेका बेला कोरोना परीक्षणको लागि प्रयोग गरिँदै आएको एन्टिजेन किटको अभाव भएको छ । किट अभावमा भारतबाट फर्किएकाहरूको परीक्षण गर्न समस्या भएको छ । किट अभावका कारण सबैको परीक्षण नहुँदा कोरोना भाइरस संक्रमित यहाँका गाउँगाउँमा पुगेर स्थिति भयावह हुनसक्ने स्वास्थ्यकर्मीको भनाई छ । सुरूवातदेखिनै नाकामा कोरोना परीक्षणका लागि एन्टिजेन किटको अभाव हुँदै आएको छ । आफूहरुले बारम्बार सरोकारवाल निकायमा किटको माग गर्दा पनि पाउन नसकेको स्वास्थ्यकर्मीहरुले गुनासो गरे । भारतसँग सीमा जोडिएका यहाँका कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका, तथा बैतडीको झुलाघाट नाका र दार्चुलाको कुलघाट नाका गरी दैनिक भण्डै तीन हजारको संख्यामा नेपालीहरू भित्रिरहेका छन् । तीमध्ये थोरैको मात्र कोरोना परीक्षण हुने गरेको छ । कोरोना परीक्षणका लागि एन्टिजेन किटको अभाव भएका कारण सत प्रतिशत परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । गौरीफन्टा नाकाबाट दैनिक झण्डै १ हजार जना भित्रिने गरेकामा तीमध्ये १ सयदेखि डेढ सयको संख्यामा मात्र परीक्षण हुने गरेको सुनारले बताए । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । तर, किट अभावमा भारतबाट भित्रिने सबैको नाकामै परीक्षण हुन नसक्दा कोरोना संक्रमणको दरमा कमी नआउने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । तर स्वास्थ्य आपूर्ति केन्द्रले १५ सय किटको मौज्दात रहेको र २० हजार किट खरिदको प्रक्रिया थालिसकेको बताएको छ। स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त प्रमुख पदम विष्टले २० हजार किट खरिदको लागि टेन्डर आह्वान गरेका बताए। ’२० हजार किट खरिदको लागि टेन्डर आह्वान गरेका छौँ।’ उनले भने, ’विभागबाट पनि किट माग गरेका छौँ, दुई-चार दिन भित्रै किट आईपुग्छ।’। राजधानी दैनिकमा खबर छ।
ताजा अपडेट
-
२५ सवारी चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
प्रतिक्रिया