लुम्बिनीमा एमालेकै एकल बहुमतको सरकार
काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि अब लुम्बिनी प्रदेशमा नेकपा एमालेले एकल सरकार बनाउने भएको छ । राजीनामापछि बसेको एमाले संसदीय दलको बैठकले पुनः पोखरेलकै नेतृत्वमा एमालेको एकहल बहुमतको सरकार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । कांग्रेस र जसपाको साथमा पेश भएको अविश्वासको प्रस्तावमाथि आजदेखि छलफल गर्ने कार्यसूचि थियो । मुख्यमन्त्री पोखरेलले त्यसअगावै राजीनामा दिएका हुन् । अब संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुनेछ । माओवादी केन्द्र र जसपाका गरी ६ जना सांसदको पद रिक्त भएपछि एमालेलाई एकल सरकार बनाउन सहज भएको हो । ८७ सदस्यीय प्रदेशसभामा अहिले ८१ सांसद छन् । एमाले एक्लैसँग ४१ सांसद छन् । कांग्रेसको १९, माओवादीको १७, जसपाको २ र जनमोर्चाका १ जना सांसद गर्दा जम्मा ३९ सदस्य हुन्छ । यी गठबन्धनले माधव नेपाल पक्षका दुई सांसदको साथ लिएर मुख्यमन्त्रीमाथिको अविश्वास प्रस्ताव पारित गराउने पक्षमा थिए । मुख्यमन्त्री पोखरेलले राजीनामासँगै उपधार १ बमोजिम सरकार गठनको माग गरेका छन् । प्रदेशप्रमुखको कार्यालयले सम्भवतः सोमबार शपथ गराउने कार्यक्रम गर्नेछ । उपधारा १ बमोजिम गठन भएको सरकारले तीन दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया