दीप बस्न्यातलाई थुनामा राख्नुको कारण देखाउन सर्वोच्चद्वारा आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दीप बस्न्यातलाई थुनामा राख्नुको कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मिरा खड्काको इजलासले आयोगलाई कारण देखाउ आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातले बालुवाटार जग्गा प्रकरणमा आफूविरुद्ध विशेष अदालतले गलत आदेश दिएको भन्दै सर्वोच्चमा अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनले थुनामुक्त गरिपाउँ भन्दै रिट दायर गरेका हुन् । भौतिक पूर्वाधार सचिव हुँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन फाइल अघि बढाएका थिए । त्यसमा अख्तियारले उनीविरुद्ध भ्रष्टाचार भएको दाबीसहित उनीविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतले बस्न्यातलाई गत वर्षको मंसिरमा थुनामा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया