लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिसरमा विपक्षी दलका सांसदको धर्ना
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेशसभा सदस्य आइतबार प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसेका छन् । उनीहरुले प्रदेश प्रमुखले विधि र पद्धतिको उल्लंघन गर्दै असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्दिन खानले प्रदेश उपसभामुखको समेत कीर्ते हस्ताक्षर भएको र बहुमत सदस्य आफूहरुका पक्षमा रहेको जिकिर गरे । कुल ८१ प्रदेशसभा सदस्यमध्ये विपक्षी गठबन्धनमा ४२ प्रदेशसभा सदस्य रहेको जिकिर गरिएको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल छन् । ‘हामी बहुमत सदस्यसहित आउँदैछौं भनेर जानकारी गराउँदा गराउँदै पनि प्रदेश प्रमुखले असंवैधानिक कदम चाल्नुभयो,’ खानले भने । यता मुख्यमन्त्री पोखरेलका पक्षमा लागेका कपिलवस्तु क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य निवाचित दीर्घनारायण पाण्डे, कपिलवस्तु क्षेत्र नं २ (खं बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का अजयबहादुर शाहीले राजीनामा गर्दै विपक्षी गठबन्धनका प्रस्तावित मुख्यमन्त्री कुलप्रसाद केसीलाई समर्थन गरेका छन् । उता दाङको २ (ख) बाट निर्वाचित विमला खत्रीले आज पत्रकार सम्मेलन गर्दै आफू आफ्नो स्वविवेकले नै माओवादी केन्द्रमा लागेको बताइन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया