राष्ट्रपतिले आह्वान गरिन् प्रतिनिधिसभाको अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिने
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार दिनको १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको उक्त अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्ति । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले अबको संसद अधिवेशनमा विश्वासको मत लिने जानकारी गराएका थिए ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया