मुख्यमन्त्री पोखरेलको प्रतिक्रिया– जसपाले सांसदलाई कारबाहीको नाटक गरेपछि एमालेकै सरकार बनाइयो
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अरु पार्टीलाई सरकारमा समेटे पनि टिकाउन सम्भव नभएकाले एमाले एक्लैको सरकार बनाइएको प्रतिक्रिया दिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवबाट आइतबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । जनता समाजवादी पार्टी नेपालको सहभागितामा संयुक्त सरकार बनाएको समयमा जसपा नेतृत्वले बहुमतको निर्णयलाई नमानेर चार सांसदलाई कारबाहीको नाटक गरेपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने स्थिति सिर्जना भएको मुख्यमन्त्री पोखरेलको प्रतिक्रिया छ । शपथग्रहण कार्यक्रममा विपक्षी दलले गरेको अवरोधले गैरराजनीतिक संस्कारलाई प्रश्रय दिएको उनको ठहर छ । उनले राजनीतिमा अतिव्यक्तिवादी चिन्तनको संस्कृतिलाई हटाउँदै लैजानुपर्ने धारणा व्यक्त गरे ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया