नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ
काठमाडौं । सोमबार नै नियुक्ति पाएका दुई प्रदेशका प्रदेश प्रमुखले सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनीहरुलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले सपथ गराएकी हुन् । सपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरुलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार नै पदमुक्त गरेकी थिइन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए । यसअघि माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।
ताजा अपडेट
-
सिरोहियालाई पक्राउ गर्न एसएसपी आफैं पुगे कान्तिपुरको केन्द्रिय कार्यालय
-
सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिदै
-
प्रचण्डको सम्पत्तिमा प्रश्नै प्रश्न : सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार निवारण ऐन आकर्षित हुन सक्ने
-
रवि लामिछानेको सम्पत्ति सार्वजनिक, अधिकांश श्रीमतीको नाममा
-
कति छ प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति ?
प्रतिक्रिया