एमाले फुटबाट जाेगिएला ? ‘निर्णायक’ पहलमा नेताहरु
सरकारले विश्वासको मत लिने प्रयोजनका लागि २७ वैशाखमा बोलाइएको संसद् अधिवेशनसँगै एमाले विभाजनको गम्भीर संकट देखिएपछि दुवै समूहका दोस्रो तहका नेताहरू एकता जोगाउन सक्रिय बनेका छन् । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘निर्णायक’ संवाद गराउने उनीहरूको प्रयास बिहीबार रातिसम्म भने सफल भएको छैन । दुई दिनदेखि आपसी छलफलमा रहेका दोस्रो तहका नेताहरूले बिहीबार रातिसम्म नेतृत्वमाथि दबाब सिर्जना गर्ने कोसिस भने जारी राखेका छन् । बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलमाथि ६ महिनाका लागि गरिएको कारबाही फिर्ता लिने विषयले छलफलमा प्रवेश पाएको थियो । त्यसपछि दुवैतर्फका नेताले विवाद समाधानका उपायबारे दिउँसो दुई चरणमा छलफल गरेका छन् । मेरियट होटेलमा अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य भुसाल र योगेश भट्टराईले एउटा चरणमा र अर्को चरणमा पौडेल र स्थायी कमिटी सदस्य पाण्डेबीच छलफल भएको छ । उनीहरूबीच संस्थापनले नेपालसहितका नेतामाथि गरेको कारबाही फिर्ता लिएर छलफलका लागि वातावरण बनाउने र शुक्रबार पार्टीको तर्फबाट राष्ट्रिय सभामा एउटै उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो । सकारात्मक छलफल भए पनि अब पार्टी एकता जोगाउने वा नजोगाउने बल पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कोर्टमा रहेको छलफलमा सहभागी नेता भुसालले बताए । ‘पार्टी एकता जोगाउने विषयमा सबैसँग कुराकानी मिलिसकेको छ, बाँकी रहेको पनि मिल्छ । तर, ओलीजी के गर्नुहुन्छ भन्ने मुख्य विषय हो, किनभने विवाद अरूमा छैन, त्यसकारण छलफल सकारात्मक भए, उहाँ तयार हुनुभयो भने एकता जोगाउन सकिन्छ । बल उहाँकै कोर्टमा छ,’ भुसालले भने । नयाँ पत्रिकामा खबर छ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया