माल्दिभ्सका पूर्वराष्ट्रपति बम हमलामा घाइते
माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको बम हमलामा घाइते भएका छन्। संसद्का बहालवाला सभामुख पनि रहेका उनी कारमा सवार हुन लाग्दा बम विस्फोट भएको हाे। माल्दिभ्सको प्रहरीले जारी गरेको एउटा वक्तव्यमा भनिएको छ- मोहम्मद नाशिदलाई विस्फोटनमा चोट लागेको छ र उनको हाल उपचार भइरहेको छ। प्रारम्भिक विवरणहरूका अनुसार उनको घरबाहिर पार्क गरेर राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थहरू बाँधेर राखिएको र त्यसलाई विस्फोट गराइएको हुनसक्छ। उनको उपचार भइरहेको अस्पतालले मोहम्मद नाशिदलाई धेरै ठाउँमा चोट लागेको जनाएको छ। तर उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ। माल्दिभ्सका राष्ट्रपति इबु सोलिहले एउटा ट्विटर सन्देश लेख्दै प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन थालेको जानकारी दिएका छन्।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया