उदयपुरमा आजदेखि निषेधाज्ञा
उदयपुरमा आज शुक्रबारदेखि निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय वैशाख मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरेकाे हाे। अब निषेधाज्ञा अवधिभर प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म मात्र उपभोग्य वस्तुको पसल खाेल्न पाइनेछ। बाँकी समय सबै पसल बन्द हुने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले जानकारी दिए। एम्बुलेन्स, प्रहरी, सुरक्षाकर्मीको सवारी साधनबाहेक अन्य सबै सम्पूर्ण सवारी साधनसमेत सञ्चालनमा रोक लगाइएको उनले बताए। सञ्चारकर्मीले भने सूचना विभागको परिचयपत्र वा सम्बन्धित मिडियाहाउसको परिचयपत्र लिएर समाचार संकलनमा निस्कन सक्नेछन् भने विवाह १५ जनासम्म जन्ती भेला हुन पाइनेछ। बिहीबार प्रजिअसहित सुरक्षा प्रमुख, राजनीतिक दल, स्थानीय पालिकाका जनप्रतिनिधिसहित बसेको डिसीसीएमसीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया