अदालतले पहिलेजस्तै संसद विघटनविरुद्ध फैसला गर्ने प्रचण्डको विश्वास
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको घट्नामा अदालतले पहिलेजस्तै पुनः स्थापनाको फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । शनिबार बिहान बसेको विपक्षी गठबन्धनको बैठक सकिएपछि पत्रकारसँगको कुराकानीमा प्रचण्डले सरकारले गरेको असंवैधानिक कदमविरुद्ध आफूहरुले राजनीतिक र कानूनी प्रतिवाद गर्ने र अदालतले पनि पहिलेजस्तै संसद पुनः स्थापनाको फैसला गर्ने विश्साव व्यक्त गरेका हुन् । ‘यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्वैच्छाचारी र प्रतिगमनकारी छ,’ उनले भने, ‘यो प्रतिगमनकारी कदमका विरुद्ध सर्वोच्च जान्छौ । हिजो १४९ जनाले दावी प्रस्तुत गरेका थियौं । अब उहाँहरु सबैको हस्ताक्षरसहित सर्वौच्च जान्छौं । अदालतले अन्ततः फेरि एकपटक लोकतन्त्र र संविधानको पक्षमा फैसला गर्दै संसद पुनःस्थापना गर्नेछ ।’
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया