पोखराका पर्यटन व्यवसायीलाई खोप उपलब्ध गराउन माग
काठमाडौं । कोरोना महामारीको दोस्रो भेरियन्टका कारण जनजीवन निकै प्रभावित बनिरहेको जनाउँदै सरकारबाट यथाशीघ्र खोप व्यवस्थापन गरेर नागरिकको जिउ ज्यान बचाउन पोखरा पर्यटन परिषद्ले सरकारलाई ध्यानाकर्षण गराएको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै अहिलेको अवस्थामा सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर नागरिकको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेको हो । परिषद्ले महामारीले पर्यटन क्षेत्रलाई प्रत्यक्ष र दीर्घकालीन असर प्रभाव पारेको जनाउँदै पर्यटन क्षेत्रलाई सुरक्षित राख्न यथासक्य छिटो यस क्षेत्रका पर्यटन व्यवसायी कर्मचारी र मजदुरलाई खोप लगाउने व्यवस्था मिलाउन पनि सरकार समक्ष आग्रह गरेको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया