चीनले पठाएको स्वास्थ्य सामग्री तातोपानी हुँदै राजधानी भित्रिँदै
काठमाडौं । चीन सरकारले सहयोग स्वरूप प्रदान गरेको कोभिड–१९ सँग सम्बन्धित अक्सिजन सिलीण्डरलगायत स्वास्थ्य सामग्री आज तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ । ती सामग्रीहरू भन्सार प्रकृया पूरा गरी आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीलाई जिम्मा दिई बेलुकासम्म राजधानी पुग्ने भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए । अनुदानमा प्राप्त सामग्रीहरूमा १९५ लिटरको लिक्युड अक्सिजन सिलीण्डर १८ हजार ९०० केजी, २१० लिटरको लिक्युड अक्सिजन सिलीण्डर १० हजार १५० केजी, अक्सिजन टिप ७५० थान र अक्सिजन इनालेटर ३०० थान रहेका छन् । उक्त सामग्रीहरू अति संवेदनशील भएकाले दमकलसहित प्रहरीको सूरक्षा घेरामा पठाइने व्यवस्था मिलाइएको छ । अरु आउन बाँकी सामग्रीहरू केही दिनमा आईपुग्ने सूचना अधिकृत ढकालले जानकारी दिए । रासस
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया