संसद विघटनको विरुद्ध राजविराजमा विरोध प्रदर्शन
जनकपुरधाम । मन्त्रीपरिषद्को सिफारिसमा मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र मध्यावती घोषणा गरेको विरोधमा सप्तरीको राजविराजमा प्रर्दशन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरीले विरोध प्रदर्शन गरेको हो । माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव सप्तरी जिल्ला अध्यक्ष अमर कुमार मण्डलले प्रधानमन्त्री ओलीले अवैधानिक रुपमा प्रतिनिधिसभाको विघटनको सिफारिस गरेको र राष्ट्रपति भण्डारीले संसद विघटन गरी मध्यावती घोषणा गरेकोले विरोध प्रर्दशनमा उत्रिनु परेको बताए । कोरोना संक्रमणको महामारीले देश गम्भीर अवस्थाबाट गुज्रिरहेको बेला नागरिकलाई सहज उपचारको व्यवस्था नगरी निर्वाचनको घोषणा गर्नु संविधान विरोधी कार्य भएको अध्यक्ष मण्डलले विरोध सभामा बताए । राजविराजको काली मन्दिरबाट निस्केका कालो झण्डा, प्लेकार्ड सहितको जुलुस नगरका विभिन्न भागको परिक्रमा गरी दर्शन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया