निषेधाज्ञामा लोक सेवा परिक्षाको तयारी गर्ने ७ टिप्स
काठमाडौँ । सरकारी जागीर खान इच्छुकहरुका लागि यो निषेधाज्ञा परिक्षा तयारीका लागि उपयुत्त अवसर हो । त्यस्ता कयौँ विद्यार्थीहरु लोक सेवा तयारीमा केन्द्रीत छन् । विज्ञहरुका अनुसार लोक सेवा तयारी गर्दा अन्य क्षेत्रमा जस्तो घोकेरमात्र पुग्दैन । लोक सेवाको परिक्षामा सफल हुनेगरी तयारी गर्ने निश्चित तरिकाहरु छन् । यि टिप्सहरु लोक सेवा सम्वन्धी कक्षा लिदै आएका प्रशासक र लोक सेवाको नियमित कपी जाँच गर्नेहरुसँग कुराकानी गरेर तयार गरिएको हो । – लोकसेवाको तयारी गर्दा व्यवहारिक पक्षमा धेरैभन्दा धेरै जानकारी हासिल गर्नुपर्छ । – सुशासन ऐन, सूचना हकसम्बन्धी ऐन, निजामती सेवा ऐन, नियमावली, स्थानीय सरकारी सञ्चालन ऐन, वित्तीय व्यवस्थापन ऐनजस्ता विविध व्यवहारिक पक्षको अध्ययन गरिनुपर्छ – आवधिक योजना मज्जाले पढ्नुपर्छ । किनभने यसले सबै तह र समूहलाई कहीँ न कहीँ छोएको वा समेटेको हुन्छ । त्यसका साथै सरकारले सार्वजनिक गर्ने विभिन्न प्रतिवेदनहरू पनि पढ्नुपर्छ । – सम्बन्धित विषयमा काम गरिसकेका, व्यवहारिक रूपमा जानकार र अवकास प्राप्त कर्मचारी वा व्यक्तिहरूले लेखेका पुस्तक एवं लेखहरू नियमित पढ्नुपर्छ । – हेन्सआउट, बुक, गाइड मात्र हेरेर पुग्दैन । सम्बन्धित विषयबस्तुमा आधारित चौतर्फी ज्ञान हासिल गर्नुपर्छ । – बुझेर पढ्नुपर्छ, तनावमुक्त र एकत्रित भएर पढ्नुपर्छ । कम्तिमा दैनीक तीन घन्टा लोकसेवाकै तयारी गर्नुपर्छ । – तयारी कक्षा लिइरहेकाहरूले कक्षामा पढेका कुरा घरमा गएर दोर्होयाएर पढ्नुपर्छ । लोकसेवा परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले एक वर्ष वा ६ महिना राम्रोसँग पढ्दा पास गर्न सजिलो हुन्छ ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया