म्यानमारमा अमेरिकी मुलका सम्पादक पक्राउ, पक्राउ पर्ने विदेशी पत्रकारको संख्या चार पुग्यो
नेपालवाच । सैन्य शासनसँग जुँधिरहेको म्यानमारको एक सञ्चारगृहमा कार्यरत अमेरिकी मुलका सम्पादकलाई सेनाले पक्राउ गरेको छ । रोयटर्सका अनुसार म्यानमारस्थित फ्रन्टियर म्यानमार नामक संञ्चारमाध्यममा कार्यरत अमेरिकी मुलका डेन्नी फेन्स्टरलाई सोमबार सेनाले पक्राउ गरेको हो । म्यानमारबाट बाहिरिने कोसिस गर्दा उनलाई सेना पक्राउ गरेको रोयटर्सले जनाएको छ । फेन्स्टरसँगै म्यानमारमा रहेर काम गरिरहेका पक्राउ पर्ने विदेशी पत्रकारहरुको संख्या चार पुगेको छ । फेन्स्टर फ्रन्टियर म्यानमारमा कार्यकारी सम्पादनको पदमा कार्यरत थिए । देशकै स्वतन्त्र सञ्चारमाध्यममध्येको एक मानिने फ्रन्टियर म्यानमारकाअनुसार फेन्स्टरलाई याङ्गुनबाट पक्राउ गरिएको हो । उनी म्यानमारबाट मलेसिया फर्किन लागेका बेला पक्राउ गरि हाल उनलाई याङ्गुस्ति इन्सेइन कारागारमा राखिएको सञ्चार गृहले जनाएको छ। ‘उनलाई किन पक्राउ गरिएको हो हामीलाई थाहा छैन् । हामीले उनलाई सम्पर्क गर्ने कोसिस गरेका छौं । तर, सम्पर्क हुन सकेको छैन्,’ फ्रन्टियर म्यानमारले भनेको छ, ‘हामी उनको बारेमा चिन्तित छौं र उनलाई तत्कालै रिहा गर्न माग गरेका छन् । अहिलेको हाम्रो जिम्मेवारी उनी सुरक्षित हुन भन्ने हो ।’ यता सैन्य पदाधिकारीहरुले भने यो बारमो बोल्नै नचाहेको रोयटर्सले बताएको छ । त्यस्तै, म्यानमारस्थित अमेरिकी दुतावासकी प्रवक्ताले भने गोपनियताका कारण जानकारी दिन नसक्ने बताएकी छिन् ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया