बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु
बझाङ । करेन्ट लागेर बझाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको वित्थडचिर गाउँपालिका–१ का अन्दाजी २७ वर्षका भरत बोहराको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक कमल चौधरीले जानकारी दिए । जयपृथ्वी नगरपालिका ९ देवलमा निर्माण भइरहेको बालआश्रममा काम गर्दा उनलाई करेन्ट लागेको बताइएको छ । जिल्ला अस्पताल सिमखेतमा उपचारको लागी लैजादै गर्दा बीच बाटोमै उनको मृत्यु भएको हो । उनको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल सिमखेतमा राखिएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया