२२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग
डोटी । वर्ड भिजन इन्टरनेशनलको सहयोग तथा सिड नेपाल र सिडिसीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डरसहित विभिन्न स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै रु २२ लाख ६४ हजार ७२८ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइएको छ । सिड नेपाल डोटीका अध्यक्ष शेरबहादुर मल्लका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा ७० ओटा ४६ लिटरका अक्सिजन सिलिण्डर, ७० थान पल्स ओक्समिटर, ७० वटा थर्मल टेम्प्रेचर गन, पिपिई सेट, पाँच लिटर सेनिटाइजर, पाँच हजार वटा मास्कलगायत रहेका छन् । जिल्लामा कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उपचारमा सहज होस् भन्ने उदेश्यले ती स्वास्थ्य सामग्री सहयोग गरीएको सिड नेपालले जनाएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया